माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकै पो पोखरा नै रैछ … ।
पोखराको सुन्दरता वर्णन गर्दै प्रेम प्रकाश मल्लले लेखेको र आफै गाएको गीत हो यो । धेरैले पर्यटकीय नगरी पोखराको सुन्दरतालाई आ-आफ्नै तरिकाले वर्णन गर्दै आएका छन् । चाहे त्यो गीत संगितमा होस् या तस्वीरमा सुन्दरताको कुरा गर्दा पोखराको नामसँगै जोडिएर आउँछ ।
हुन त पोखराको सुन्दरता शव्दमा वर्णन गरेर साध्य छैन । तर, पनि माछापुच्छ्रे हिमाल, फेवाताल, पातले छाँगो र साहसिक खेल प्याराग्लाइडिङको नाम छुटाउँदैनन् कसैले पनि । प्याराग्लाइडिङबाट चरा जस्तै आकाशमा उडेर पोखराको सुन्दरता अवलोकन गर्न लालायीत नहुने को होला ? त्यसैले हामीले यसपटक विश्वमै उत्कृष्ट पाँचौ स्थानमा पर्न सफल पोखराको प्याराग्लाइडिङ र पोखराको सुन्दरतालाई तस्वीरमा पस्किँदैछौं ।
0 comments:
Post a Comment