Adz

Adz
  • Latest News

    Friday, May 1, 2015

    गेस्ट हाउसमा पुरिएकीको कृष्णदेवीको ६ दिनपछि यसरी भयो उद्धार (तस्बिर कथा)

    काठमाडौं, वैशाख १८– शनिबारको भूकम्पले पुरिएकी बर्दियाकी २४ वर्षीया कृष्ण देवी खड्कालाई ६ दिनपछि जीवितै उद्धार गरिएको छ ।
    नेपाल प्रहरी, इजरायली, नेर्वेलीलगायत टोलीले कृष्णदेवीलाईगोंगबुस्थित जनसेवा गेस्ट हाउसबाट एक सय २८ घन्टापछि बिहीबार राति ११ बजे उद्धार गरेको हो ।
     कृष्णदेवीलाई उद्धार टोलीले नौ घन्टा अनवरत प्रयास गरेको थियो । कोही कराइरहेको आवाज सुनेपछि उद्धार टोलीले ११ बजे रातिसम्म अनवरत काम गरेको थियो ।
    कुष्ण कुमारीलाई गेस्टहाउसको भुइँतलाबाट उद्धार गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जनाए । पौडेलका अनुसार विदेशी उद्धार टोलीको उच्च प्रविधिको सहयोगमा गेस्ट हाउसमा कोही जीवितै रहेको थाह भएपछि टोलीले उद्धार थालेको थियो ।
    उद्धार गरिएकी खड्कालाई पुरिएको ठाउँमा शवले च्यापिएकाले मानसिक त्रास बढेको छ । अहिले उनको नेपाल आर्मीको अस्पताल छाउनीमा उपचार भइरहेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गेस्ट हाउसमा पुरिएकीको कृष्णदेवीको ६ दिनपछि यसरी भयो उद्धार (तस्बिर कथा) Rating: 5 Reviewed By: Samsung
    Scroll to Top