रामशरण नेपाली/पोखराखबर
बैशाख–६, पोखरा
बैशाख १२ गते नेपालमा गएको विनाशकारी भुकम्प बाट पिडित नेपालीहरुको सहयोगार्थ गुरुङ्ग भाषा र संस्कृती मा आधारीत नेपाली चलचित्र “जुनी जुनी” को हङ्ककङ्गमा विशेष प्रर्दशनी हुने भएको छ ।
आउँदो जुलाई १९ मा चलचित्रको विशेष प्रर्दशनी गरिने हङ्ककङ्गमा रहेका निर्माता उदय गुरुङ्ग “अर्जुन”, ईश्वर गुरुङ्ग 'कुमार', सन्तोष गुरुङ्ग 'महेन्द्र' र च्योना गुरुङ्ग ले जानकारी दिएका छन । अब्यत्त प्रेम कथामा आधारीत रहेको चलचित्रमा सस्कृतिकर्मि धम्पु गुरुङ्ग 'दुरा' को कथा रहेको छ भने चलचित्रलाई माओत्से गुरुङ्गले लेखन तथा निर्देशन गरेका हुन ।
आजभोली पनि पुरानै शैलीमा गुरुङ्ग सस्कृतिमा आधारीत चलचित्रहरु वन्ने गरेका भएपनि निर्देशक माओत्से गुरुङ्गले आफ्ना चलचित्रहरुमा नयाँ तरिकाले कथा भन्ने, आफ्नै शैली, विषयवस्तुको गम्भीरता को प्रयोग गर्दै सफल चलचित्रहरु दिदैं आएका छन । यस चलचित्रमा पनि दर्शकहरुले केही नयाँ र फरकपन पाउन सक्ने र भुकम्प पिडित नेपालीहरुको सहयोगको लागी भएपनि चलचित्र एकपटक हेरिदिनको लागी हङ्ककङ्ग मा रहेका सम्पुर्ण चलचित्रप्रेमी नेपालीहरुमाझ निर्देशक गुरुङ्गको आग्रह रहेको छ ।
चलचित्रमा कुशल गुरुङ्ग, विश्वास गुरुङ्ग, सोविन गुरुङ्ग, पवित्र गुरुङ्ग, डि.वि. गुरुङ्ग, राजेन्द्र थापा, प्रतिक्षा गुरुङ्ग, सुर्य सुनुवार लगायतका पुराना तथा नयाँ कलाकारको अभिनय देख्न सकिन्छ भने छायांकन भेष गुरुङ्ग, सम्पादन राजन पुँवर, सन्तोष कोन्मे र भेष गुरुङ्ग ले गरेका छन । वुद्धिमान गुरुङ्ग दुरा, सरुन गुरुङ्ग र जयकुमार को संगित रहेको उत्त चलचित्रमा नृत्य निर्देशन जसु गुरुङ्गको रहेको निमार्ण नियन्त्रक डि.बि. गुरुङ्गले बताएका छन ।
0 comments:
Post a Comment