काठमाडौं, चैत १७– एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले १९ देखि २३ चैतसम्म आन्दोलन स्थगित गर्दा सबभन्दा बढी फाइदा भारतलाई भएको छ । आन्दोलन कार्यक्रम स्थगित हुँदा भारतीय दूतावास यतिखेर दंग परेको छ । गठबन्धनले लगातार आन्दोलन जारी राखेका कारण भारतीय विदेश सचिवको नेपाल भ्रमण प्रभावित हुने सम्भावना रहेको थियो । तर, ३० दलले हिजो सिंहदरबारमा बैठक बसी २४ गतेदेखि तीन दिनसम्म हुने आमहडताललाई सफल पार्न योबीचमा आन्दोलनका कार्यक्रम स्थगित गरिएको गठबन्धनले जनाएको छ । ‘लगातार आन्दोलनका कार्यक्रम गर्दा आन्दोलनको तयारी गर्न नसकेको गुनासो जिल्ला–जिल्लाबाट आएका कारण पाँच दिनसम्म आन्दोलनका कार्यक्रम स्थगित भएको हो,’ राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले भने, ‘योबीचमा जिल्ला–जिल्लामा अन्तक्र्रिया कार्यक्रम गरी २४ गतेका लागि तयार गर्नेछौँ ।’ दूतावात स्रोतका अनुसार लगातारको बन्द हडतालले विदेश सचिव एस जय शंकरको नेपाल भ्रमण प्रभावित होइन, स्थगित नै भएको थियो । ‘अब भने उहाँ आउनुहुन्छ,’ स्रोतले भने, ‘हामीले यस्तो सोचेका थिएनौँ, यस्तो हुन्छ तर संयोगले आन्दोलनका कार्यक्रम स्थगित भयो ।’ १९ चैतमा नेपाल आउने जय शंकरले मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, शीषस्र्थ नेता तथा मधेसी मोर्चाका नेतालाई भेट्ने कार्यक्रम रहेको छ । उनी २१ चैतमा भारत फर्किने बताइएको छ ।
Tuesday, March 31, 2015
Related Posts
- Blogger Comments
- Facebook Comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment