Adz

Adz
  • Latest News

      Monday, September 15, 2014

      नयाँ आइफोनको किर्तिमानी प्रिअर्डर, एप्पलको साइट क्रयास



      एप्पलले पछिल्लोपटक सार्वजनिक गरेको आइफोन सिक्स र आइफोन सिक्स प्लसको अनलाइनमार्फत प्रि अर्डर खुल्ला गरेपछि रातारात अनलाइनमार्फत अर्डर गर्नेहरुको घुइँचो लाग्यो । 

      आइफोनका आकांक्षीहरुको संख्या यतिधेरै भयो की धेरै मानिसले लगइन गरेपछि एप्पलको आधिकारिक साइट नै क्रयास भयो । एप्पलसँगै अन्य अनलाइन सपिङ साइट ओ टू र इइ पनि क्रयास भए । 


      सेप्टेम्बर १९ बाट आइफोन ६ को विक्रि अमेरिकामा सुरु हुने भएपनि बिहिबारदेखि अनलाइनको अर्डर लिन सुरु गरिएको थियो । एप्पलका अनुसार ४.७ इन्च स्क्रिनको आइफोन सिक्स सेप्टेम्बर १९ मा उपलब्ध हुने भएपनि ५.५ इन्चको सिक्स प्लस प्राप्त गर्न उपभोक्ताले अझै एक महिना कुर्नुपर्नेछ । एप्पलका अनुसार आइफोनको पि्र अर्डर गर्ने क्रेताहरुको संख्या अहिलेसम्मकै उच्च हो । 


      एप्पलका प्रवक्ता ट्रुडी मुलरका अनुसार एकै रातमा आइफोनका नयाँ संस्करणका लागि आएको प्रिअर्डरको संख्या किर्तिमानी हो । 


      अहिले अनलाइन तथा एप स्टोरबाट आइफोनको प्रिअर्डर गर्न सकिने उनले बताएका छन् । अमेरिकासँगै बेलायत, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, हङकङ, जापान, पुर्टेरिको तथा सिंगापुरका मानिसले नयाँ आइफोनको प्रि अर्डर गर्न सक्नेछन् । 

      उता आइफोनका बिक्रेता भेरिजोन वायरलेस, एटी एण्ड टी तथा स्पि्रन्ट कर्पले नयाँ आइफोनकेा आपूर्ति ६ हप्तासम्म ढिलो हुनसक्ने बताएका छन् । एप्पललका ग्याजेटको आपूर्ति प्रणालीमा समस्या रहने र उपभोक्ताले ढिलो तथा झण्झटिलो प्रक्रिया भुक्तान गर्नुपर्ने भन्दै विगतदेखि नै आलोचना हुँदै आएको छ । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार चीनका उपभोक्ताले नयाँ आइफोन हात पार्न यो वर्षको अन्त्यसम्मै कुर्नुपर्ने देखिएको छ । एप्पलले नयाँ दुइ आइफोन चीनमा लञ्च गर्ने मिति तय गरिसकेको छैन । 

      दुइ आइफोन सँगै सार्वजनिक गरिएको स्मार्ट वाच भने अर्को वर्षबाट मात्र बजारमा आउने देखिएको छ । 
      • Blogger Comments
      • Facebook Comments

      0 comments:

      Post a Comment

      Item Reviewed: नयाँ आइफोनको किर्तिमानी प्रिअर्डर, एप्पलको साइट क्रयास Rating: 5 Reviewed By: Unknown