काठमाडौं, भाद्र २९ । नायिका ऋचासिंह ठकुरी दुई वर्षपछि म्युजिक भिडियो मार्फत ग्ल्यामर क्षेत्रमा फर्केकी छिन् ।
शैलेन्द्र खोखाली निर्देशित म्युजिक भिडियोवाट उनले कमव्याक गरेकी हुन् । गायक सुमन कोयुको गीतवाट निर्देशक खोखालीले ऋचालाई भित्र्याएका हुन् । हालै कोयुको उक्त गीतको प्रोमो सार्वजनिक भएको छ । यसअघि दुई वटा एल्वम वजारमा ल्याइसकेका सुमनको यो म्युजिक भिडियो भने चौथो हो ।
‘अचार करेली’ वोलको उक्त गीतको म्युजिक भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरेका छन्, निर्देशकले । ‘एकदमै राम्रो वनेको छ’ उनले संक्षिप्तमा भने, ‘राम्रो रेस्पोन्सको अपेक्षा गरेको छु ।’ भिडियो पत्रकार श्रीधर पौडेलले खिचेका हुन् ।
सिन्धुपाल्चोकको भोटेचौर आसपास छायाकन गरिएको म्युजिक भिडियो सविज मिडियाले उत्पादन गरेको हो ।
0 comments:
Post a Comment