Adz

Adz
  • Latest News

    Thursday, September 4, 2014

    रजनीलाई मलेशियामा मिसेस ब्यटिफुलको ताज








    काठमाडौ । मिसेस नेपालको दोस्रो संस्करणकी विजेता रजनी थापाले मलेसियामा सम्पन्न मिसेस युनिभर्स २०१४’ मा नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस ब्युटिफूल’को उपाधि जितेकी छिन् । 


    अगष्ट २९ मा मलेसियाको क्वालालाम्पुर शहरस्थित सन वे रिसोर्ट होटेलमा सम्पन्न फाइनल प्रतियोगितामा विभिन्न ६३ मुलुकका श्रीमति सुन्दरीको सहभागिता थियो । 


    नेपालको तर्फबाट यो दोस्रो सहभागिता हो । पहिलो सहभागी ४४ बर्षीय मीना घिमिरेले ‘मिसेस इन्टेलिजेन्स’ को उपाधी हात पारेकी थिईन् । 


    विभिन्न ६३ मुलुकका प्रतियोगी र तीन हजार भन्दा धेरै दर्शक सामु नेपाली प्रतियोगी रजनीले नेपालको झन्डा फहराउँदै आपनो प्रतिभा प्रस्तुत गरेकी थिइन् । यसअघि ‘मिसेस ग्लोबल २०१३’ मा नेपालका तर्फबाट सहभागी बनेकी रजनी थापाले ‘मिसेस फिलेन्थ्रोपी’ विधाको अवार्ड समेत जितेकी थिइन् । 


    आयोजक संस्था इ प्लानेट नेपालका निर्देशक सन्तोष सापकोटाका अनुसार संस्थाले पछिल्लो पटक ‘मिसेस नेपाल’ सहित एउटै स्टेजमा लिटिल मिस नेपाल, मिस टिन इन्टरनेशन  र मिस इन्टरनेशनल  प्रतियोगिता आयोजना गर्दै आएको छ । यो बर्ष ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदा, सँस्कृति, पर्यटन प्रवर्द्धन तथा सम्वर्द्धन हाम्रो अभियान’ भन्ने मूलनाराका साथ अन्तराष्टिर््रय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज इन्टरनेशनल २०१४ को आयोजना गर्ने भएको छ ।








    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रजनीलाई मलेशियामा मिसेस ब्यटिफुलको ताज Rating: 5 Reviewed By: Unknown