काठमाडौं, भाद्र ३० । अमेरिकाको क्यालिफोर्निया जंगलमा दुई दिनदेखि लागेकोे आगो नियन्त्रण नहुँदा एक हजार १ सय ३३ ओटा घर जलेर नष्ट भएका छन् ।
यद्यपि, मानवीय क्षति भने भएको छैन । आगलागीका कारण एक हजार घरपरिवार विस्थपित भएका छन् । आगलागी बस्तीसम्म फैलन सक्ने अनुमान गरी जंगलबाट ६० किलोमिटरसम्मका बासिन्दालाई अन्यत्र सारिएको छ ।
आगलागीका कारण ‘माउन्ट नेसनल फरेस्ट’सम्म समेत क्षति पुर्याएको छ ।
तातो हावा र जलेका घरहरु सबै काठबाट निर्मित भएकाले आगलगी नियन्त्रणमा लिन कठीनाइ भएको त्यहाँका अग्नि नियन्त्रकहरुले जनाएका छन् ।
0 comments:
Post a Comment