पोखरा ९ फागुन । पोखरामा जारी २९ औ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस, सुदुरपश्चिमाञ्चल, पश्चिमाञ्चल र सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्र्तगत शनिबार भएको पहिलो खेलमा नेपाल पुलिसले मध्यमाञ्चललाई २५—९, २५—११, २५—११ को सोझो सेटमा पराजित गदै सेमिफाइनलको यात्रा पक्का गरेको हो । दोस्रो खेलमा सुदुरपश्चिमाञ्चलले पूर्वाञ्चललाई २५—२३, २४—२६, २५—१७, १९—२९ र १५—१० को सेटमा पाखा लगाउदै सेमिफाइनल प्रवेश गरेको हो भने तेस्रो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५—२०, २५—१५ र २५—१९ को सोझो सेटमा पराजित गर्यो । अन्तिम खेल एपीएफले नेपाल आर्मीलाई २५—२१, २५—२४ र २५—१६ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का बनायो ।
प्रतियोगता अन्र्तगत शनिबार सम्पन्न महिला तर्फ नेपाल पुलिस क्लबले उत्तर प्रदेश भारतलाई पराजित गदै सेमिफाइनल प्रवेश गरेको छ । यसअघि न्यू डायमण्ड एकेडेमी, पश्चिमाञ्चल र एपीएफ सेमिफाइनल प्रवेश गरिसकेका छन् । प्रतियोगता अन्र्तगत आइतबार पुरुष तथा महिला तर्फका सेमिफाइनल खेल हुने छन् ।
0 comments:
Post a Comment