Adz

Adz
  • Latest News

      Saturday, February 28, 2015

      ‘भेल्ली’ खाँदै ‘भ्याली’मा उत्रिए ३० दलका कार्यकर्ता -फोटो कथा)

      तस्वीरमा एमाओवादी मोर्चाको प्रदर्शन

      १६ फागुन, काठमाडौं । शनिबार बिहानै काठमाडौं आइपुगेका एमाओवादी एमाओवादी कार्यकर्ताहरु सख्खर र चिउरा खाइरहेको अवस्थामा भेटिए । मध्यपश्चिमतिर सख्खरलाई ‘भेल्ली’ भन्ने चलन छ ।

      तराईमा यतिबेला किसानले उखु बेच्न नपाए पनि सख्खरको अभाव छैन । ऊखु उत्पादक किसानले ‘भेल्ली’ आफ्नै घरमा पकाउँछन् । भेल्ली र चिउरा खाएपछि भोक क्षणभरमै मेटिन्छ ।
      एमाओवादी लगायत ३० दलीय मोर्चाले शनिबार राजधानीमा गर्न लागेको जनप्रदर्शनमा तराई मधेसबाट रात्री बस चढेर युवायुवती र वृद्धवृद्धासमेत आएका छन् ।
      मधेसी दलहरुको पनि सहभागिता रहेको यो प्रदर्शनमा मधेसी समुदायका जनताको समेत बाक्लै उपस्थिति हुने देखिएको छ ।
      आदिवासी जनजातिसमेत भएकाले प्रदर्शनमा विविधताको संकेत देखिएको छ ।
      प्रदर्शनको तयारीका क्रममा देखिएका केही दृश्य-





      • Blogger Comments
      • Facebook Comments

      0 comments:

      Post a Comment

      Item Reviewed: ‘भेल्ली’ खाँदै ‘भ्याली’मा उत्रिए ३० दलका कार्यकर्ता -फोटो कथा) Rating: 5 Reviewed By: Samsung