पोखरा २६ माघ । नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले पोखराको क्रिकेट मैदान निर्माणमा सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।पोखरामा निर्माण हुँदै गरेको क्रिकेट मैदानको अवलोकनको अवसरमा सहभागी हरु संगको भेटमा उहाँले त्यस्तो वताउनु भएको हो ।मुख्य सचिव पौडेलले पोखराको क्रिकेट मैदानलाइ विश्वकै खेल भेनु बनाउने पोखरेलीको सोचमा नेपाल सरकार सकारात्मक रहेको समेत बताउनु भयो । उहाँले मैदान निर्माणका वारेमा आवश्यक प्रस्ताव ल्याएमा सरकार त्यसका लागी आवश्यक वजेट विनीयोजन गर्न समेत सकारात्मक रहेको धारणा राख्नु भयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाले क्रिकेट मैदानको बृहत विकासका लागी तयार पारीएको योजनाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले राष्टिय खेलकुद परिषदको आर्थिक सहयोगमा जिल्ला खेलकुद विकास समितीले करिव दुइसय भन्दा बढी दर्शक क्षमता रहेको दर्शक प्यारापिट १५ लाखको लागतमा निर्माण गर्न लागेको समेत जानकारी गराउनु भएको थियो ।प्यारापिट २० मिटर लम्वाई को रहने र असार मसान्त सम्म सम्पन्न भइसक्ने समेत उहाँले बताउनु भयो । अवलोकनका अवसरमा हालै गठन भएको अन्तराष्टिय क्रिकेट मैदान निर्माण समितीका संयोजक अशोक पालिखे ,जिल्ला खेलकुद विकास समिती कास्कीका कार्यालय प्रमुख प्रकाश बराल ,सहारा क्लवका अध्यक्ष विरभद्र आचार्य , क्षेत्रिय खेलकुद विकास समितिका कोषाध्यक्ष रतन गुरुङ, क्रिकेट संघ कास्कीका प्रतिनीधी लगाएतको सहभागिता रहेको थियो ।८० रोपनि क्षेत्रफलमा निर्माण भइरहेको मैदानमा हाल ५ ओटा पिच निर्माण भइरहेको छ भने दर्शकहरुको अवलोकनका लागि सहज होस भनेर प्यारापिट निर्माण गर्ने तयारी भइरहेको छ भने हेम्जा र लेखनाथमा समेत बैकल्पिक क्रिकेट मैदान निर्माणका लागि जग्गा अवलोकन समेत भइरहेको समितिका संयोजक अशोक पालिखेले बताउनु भयो ।
Monday, February 9, 2015
- Blogger Comments
- Facebook Comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment