पोखरा ९ फागुन। ब्लु रेज प्रोडक्सन एण्ड इभेण्ट म्यानेजमेण्टले पोखरामा पहिलो पटक आयोजना गरेको इन्टरकलेज मिष्टर एण्ड मिस आरडेण्ट प्रतियोगिताको उपाधी युवातर्फ प्रनभ गुरुङ र युवतीतर्फ अनुषा श्रेष्ठले जितेका छन्।शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा अन्य सात जनालाई उछिन्दै युवातर्फ गुरुङ र १२ जनालाई उछिन्दै श्रेष्ठले उपाधी जितेका हुन्। प्रतियोगितामा युवातर्फ विक्रम लम्साल फष्ट रनर अप, निरज गुरुङ सेकेण्ड रनर अप, युवतीतर्फ दिपा गुरुङ फष्ट रनर अप र रोश्मी गुरुङ सेकेण्ड रनर अप हुन सफल भए।
उपाधी विजेतालाई क्रमशः नगद ७५ हजार, ६० हजार, ३५ हजार नगद सहित ट्रफि र पुरस्कार प्रदान गरिएको इभेण्ट म्यानेजर सागर आचार्यले जानकारी दिए।प्रतियोगिताको निर्णायकमा जक्सन डट कमका भुपाल गुरुङ, पम्फा गुरुङ, केकि अधिकारी, प्रशान्त गुरुवाचार्य र निकेश खड्का रहेका थिए। कलेजमा अध्ययनरत १६ देखि २५ वर्ष उमेर समुहका युवा÷युवतीको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले सो प्रतियोगिता संचालन गरिएको हो। यस लगत्तै धरान र बुटवल पनि प्रतियोगिता आयोजना गर्ने तयारी भैरहेको इभेण्ट संयोजक विजय क्षत्रीले बताए।
प्रतियोगिताको उद्घाटनगर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पालले युवा÷युवतीको क्षमता अभिवृद्विका लागि यस्ता कार्यक्रम सहयोगी हुने विश्वास व्यत्त गरे। उनले समाजले युवा÷युवतीका लागि उपयुक्त वातावरण निर्माण गर्न आवश्यक भएको औल्याए। ब्लु रेज प्रोडक्सन एण्ड इभेण्ट म्यानेजमेण्टका संस्थापक अध्यक्ष भुवन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन आयुष श्रेष्ठ र निलिमा थकालीले गरेकी थिईन्।
0 comments:
Post a Comment