पोखरा १० फागुन ।नयाँबजारस्थित शान्ति वनमा संचालनमा आएको जंगल फेस्टिभलको दोस्रो सिजन सकिएको छ । ९ दिनसम्म चलेको फेस्टिभल शनिबार सकिएको हो । फेस्टिभलमा ९ दिनसम्म ८० हजार भन्दा बढि दर्शकले अवलोकन गरेको आयोजकले बताएको छ । आयोजकका अनुसार ९ दिनसम्म तीन करोड रुपैँयाको कारोबार भएको छ ।
आयोजकको दाबी अनुसार फेस्टिभल निकै सफल भएको छ । ‘हामीले सोँचेभन्दा राम्रो दर्शको साथ पायौँ, दर्शकले जंगल फेस्टिभललाई निकै राम्रो प्रतिक्रिया दिँदा हामीलाई थप हौसला मिलेको छ ।’ आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘आगामी दिनमा पनि हामीले दर्शकको लागि अझै नौलो स्वादसहितको फेस्टिभलको प्याकेज ल्याउनेछौँ ।’ परिचय नेपालले मनोरञ्जनात्मक ईभेन्टहरुलाई निरन्तरता दिईने उनले बताए ।
आयोजकले फेस्टिभलमा आउने दर्शकसँगै, विज्ञापनदाता, स्टल व्यवसायीहरु, कलाकारहरु र मिडियालाई जंगल फेस्टिभललाई सफल बनाउनका लागि सहयोग गरेबापत धन्यवाद ज्ञापन समेत गरेको छ । उसले भनेको छ, –‘सबैको साथ र सहयोगबाट मात्रै फेस्टिभल सफल भएको हो, आगामी दिनहरुमा पनि यस्तै खालको सहयोगको अपेक्षा गरेका छौँ ।’९ दिनसम्म दर्शकले जंगल फेस्टिभलमा मनोरञ्जनको सम्पूर्ण प्याकेज प्राप्त गरेको बताएका छन् । जंगल भित्र जंगली सँस्कार, जनावर र जंगलमै साँगीतिक मनोरञ्जनसँगै खानपिनको व्यवस्थालाई दर्शकले अत्याधिक रुचाए ।
अन्तिम दिन शनिबार जंगल फेस्टिभलमा जंगली थिमको फेशन शो लाई दर्शकले अत्याधिक मन पराए । त्यस्तै सर्कस काठमाण्डौको प्रस्तुती, डिजे नाईट, तिलकबम मल्ल, विग आईकन मुस्कान रानाभाट लगाएतका कलाकारहरुको प्रस्तुतीमा पनि दर्शक झुमे । त्यसैगरि शनिबार पोखरेली धुर्मुस र माग्ने बुढाको विशेष प्रस्तुती पनि दर्शकको रोजाईमा पर्यो ।‘हरियाली सप्ताह’को थिममा आयोजना भएको फेस्टिभलमा दर्शकहरुले विभिन्न जातजातिका जनावर, चराचुरुङगीहरुको सामिप्यतामा रमेका थिए । जंगलमा बस्दै आएको राउटे समुदायका मानिसहरुले उनीहरुको रहनसहन, जीवनशैली प्रदर्शन गरेका थिए । राउटे जातिकै शैलीमा बनेका घरहरु पनि दर्शकहरुको लागि आकर्षण बन्यो ।
जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजातिका चरा राखिएको थियो । त्यस्तै हात्ति सफारी पनि दर्शकहरुको लागि आकर्षण बन्यो । फेस्टिभलमा ९ दिनसम्म इन्दिरा जोशी, मिलन अमात्य, आकांक्षा बस्याल, तिलकबम बल्ल, सुगम पोखरेल, विनोद बानियाँ, कमल खत्री, योगेशकाजी देखि कन्दरा ब्यान्ड, डि–मर्चा तथा बमबहादुर कार्कीको प्रस्तुती राखेका थिए । फेस्टिभलमा विश्वप्रसिद्ध ‘सर्कस काठमाडौ’ ले विभिन्न प्रदर्शन समेत गरेको थियो ।
0 comments:
Post a Comment