काठमाडौ, भदौ २ – साविक विजेता म्यानचेष्टर सिटीले इङलिस प्रिमियर लिगको चालु सिजनमा विजयी सुरुवात गरेको छ ।
आइतबार रातीको खेलमा उसले न्युक्यासललाई २–० ले हरायो । ३८ औं मिनेटमा डेभिड सिल्भा र खेलको अन्तिम मिनेटमा सर्जियो अग्युरोले गोल गरेपछि सिटीले महत्वपूर्ण ३ अंक सहित प्रिमियर लिगमा सुखद सुरुवात गर्यो ।
आइतबार रातीकै अर्को खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई २–१ ले हरायो । २३ औं मिनेटमा रहिम स्टेर्लिङको गोलबाट लिभरपुलले अग्रता लिएपनि साउथ ह्याम्टनका नाथानियल क्लेनले ५६ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि ड्यानियल स्टुरिजले ७९ औं मिनेटमा लिभरपुलका लागि विजयी गोल गरे ।
0 comments:
Post a Comment