काठमाडौं, भाद्र ३ । मलेसियामा जारी एसीसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपाल उपाधि नजिक पुगेको छ । लगातार चौथो जित हासिल गरे पनि उपाधिका लागि भने नेपालको अन्तिम खेल नै निर्णायक बनेको छ ।
भोलि बिहान नेपालले अन्तिम खेलमा आयोजक मलेसियाको सामना गर्दैछ । ६ टिम सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ । चार खेलको समाप्तीसम्म नेपाल ८ अंकका साथ शीर्ष स्थानमा छ ।
मलेसिया ७ अंकका साथ दोस्रो स्थानमा रहँदा नेपाल र मलेसियाको अन्तिम भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
यो समीकरण हेर्दा नेपाललाई केही सहज देखिएको छ ।
नेपालले एसीसी यु–१६ क्रिकेटमा अहिलेसम्म उपाधि जित्न सकेको छैन । यसअघि एसीसी यु–१६ एलिट कपका नामले भएको दुई प्रतियोगितामा नेपाल दुवै पटक फाइनलमा पराजित भएको थियो ।
यसपटक निकै फर्ममा देखिएको नेपालले अपराजित यात्रालाई कायमै राख्ने क्रममा बहराइनलाई १ सय ८६ रनले, ओमानलाई १ सय २ रनले, सिंगापुरलाई ४९ रनले तथा थाइल्याण्डलाई १० विकेटले हराएको थियो । -
0 comments:
Post a Comment