Adz

Adz
  • Latest News

    Friday, August 22, 2014

    साहरुखका लागि जस्तो पनि भूमिका गर्न दीपिका तयार

    नायिका दीपिका पादुकोण एकपछि अर्को सिनेमामा व्यस्त छिन् । बलिउडमा बक्स अफिसकी रानीको उपाधीले पाएकी दीपिकाका लगातार हिट सिनेमा प्रदर्शनमा आइरहेका छन् ।  


    उनको नयाँ चलचित्र ‘ह्याप्पी न्यू ईयर’ तिहारमा प्रदर्शन हुँदै छ । उनी साहरुख खानसँग तेश्रो पटक पर्दामा देखिन लागेका हुन् । 

    भारतीय संचारमाध्यमसँग कुरा गर्दै नायिका पादुकोणले आफूले नायक साहरुख खान र फराहा खानका लागि जस्तो भूमिका गर्न पनि तयार रहेको बताएकी छिन् ।  



    दीपिकाले भनिन्-’आज म बलिउडमा जुन स्थानमा छु, यसको मुख्य कारण नै साहरुख र फराहा खान हुन् । उनीहरुले मलाई ‘ओम शान्ती ओम’मा अवसर दिएकाले नै म यो स्थानमा आएको हुँ । यसैले साहरुख र फराहाको प्रस्तावलाई म आखा चिम्लेर स्विकार गर्छु ।  


    उनले दुई चर्चित बलिउड हस्तीहरुका लागि आफ्नो पारिश्रमिक पनि डिमाण्ड नगर्ने जनाइन् । उनले आफू र रणवीर सिंहको प्रेमको कुरालाई चर्चा गर्ने बिषय नभएको बताइन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: साहरुखका लागि जस्तो पनि भूमिका गर्न दीपिका तयार Rating: 5 Reviewed By: PWM