भदौ ५ - ईंग्लिस क्लव चेल्सीले स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेसलाई लोनमा इटालियन फुटबल क्लव एएस रोमामा पठाउन पहल थालेको छ ।
रोमाका स्ट्राइकर माट्टिय डेस्ट्रोलाई क्लवमा भित्र्याउन चाहेको चेल्सीले डेस्ट्रोको बदलामा टोरेसलाई लोनमा रोमामा पठाउने तयारी गरेको समाचार वेलायती पत्रिका टाइम्सको अनलाइन संस्करणमा प्रकाशित छ ।
रोमाले डेस्ट्रोलाई २ करोड पाउण्डमा चेल्सी भित्र्याउने छ भने त्यसको बदलामा ३० वर्षका टोरेसलाई लैजाने छ । यो सम्झौताका लाग रोमाका निर्देशक वाल्टर साबाटिनी र प्रबन्ध निर्देशक माउरो बाल्डीसोनी लण्डन पुगेका छन् ।
सन् २०११ मा ईंग्लिस क्लव लिभरपुलबाट ५ करोड पाउण्डमा चेल्सीमा आएका टोरेसले प्रिमियर लिगका १ सय १० वटा खेलमा जम्मा २० गोल मात्र गरेका छन् । चेल्सीमा जान लागेका डेस्ट्रोले भने इटालियन लिग सिरी एको गत सिजनमा १३ गोल गरेका छन् ।
इटालीको विश्वकप टोलीको ३० भित्र परेपनि उनी अन्तिम २३ मा नपरेपछि ब्राजिलमा भएको विश्वकपमा क्षमता देखाउन पाएका थिएनन् ।
0 comments:
Post a Comment