काठमाडौं, भदौ ५ - संजय पण्डित फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष तथा कृतिमानी अन्तराष्ट्रिय पर्वततारोही एवम् अल्ट्राधावक संजय पण्डितले नेपाली एथलेटिक्स जगतकी चर्चित खेलाडी केशरी चौधरीलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
केशरीको बर्दिया जोगीपुरमा केहि दिनअघि आएको बाढीले दुई वटा घरसहित अन्नपात, लत्ताकपडा, तथा अरु सामान बगाएको थियो । खेलकुद मन्त्रालयमा भएको रकम हस्तान्तरण कार्यक्रममा मन्त्री पुरुषोत्तम पौडेलले सरकारकातर्फबाट केशरीलाई छिट्टै सहयोग घोषणा गरिने जानकारी दिनुभयो । केशरी अहिले एसियन गेमको तयारीका लागि बन्द प्रशिक्षणमा व्यस्त छिन् भने उनको परिवार सर्वस्व गुमेर सडकमा पाल टाँगेर बस्न बाध्य छन् ।
कार्यक्रममा संजय पण्डितले एउटा खेलाडी पीडित हुँदा पनि राष्ट्रिय खेलकुद परिषद तथा नेपाल एथलेटिक्स संघले केही सहयोग नगरेकोमा दुख व्यक्त गरे ।
खेल र खेलाडीको हकहितको लागि जस्तो सुकै आवाज उठाउन पनि आफू तयार रहेको स्पष्ट पर्दै पण्डितले केशरीको परिवारलाई छिटो भन्दा छिटो सहयोग गर्न मन्त्रालय, राखेप तथा नेपाल एथेलेटिक्स संघलाई ध्यानाकर्षण गराएका थिए ।
0 comments:
Post a Comment