कास्की, भाद्र ११ – हुन त भलिबल खेलेरै सिपोरा गुरुङको नाम चम्किएको हो। राम्रो सट हानेर बेस्ट स्पाइकरको रूपमा खेलप्रेमीमाझ पहिचान बनाएकी सिपोरा पछिल्लो क्रममा भने फिल्म दुनियाँमा आइपुगेकी छन्।
थुम्रो इन्टरनेसलनले निर्माण गर्न लागेको ‘यम्फावती द पि्रन्सेस’ मा उनी नायिकामा अनुबन्धित भएकी छन्। पोखरामा मंगलबार पत्रकार सम्मेलनमार्फत यसको घोषणा गरियो । ‘यो फिल्ममा सिपोरालाई ६ लाख रुपैयाँमा एग्रिमेन्ट गरिएको हो,’ फिल्म निर्देशक कृष्णकुमार गुरुङले भने, ‘सायद यो नेपाली फिल्ममा अरू नायिकाहरूले लिने पारिश्रमिकभन्दा धेरै होला।’
सिपोराले गुरुङद्वारा निर्देशित ‘घलेक द साइन अफ लभ’ फिल्मबाटै अभिनय यात्रा थालेकी हुन्। त्यो फिल्ममा भने उनले दुई लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन्।
0 comments:
Post a Comment