Adz

Adz
  • Latest News

    Thursday, August 21, 2014

    भारत जाँदा गाडीको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था हटाउन चेम्बरको आग्रह

    काठमाडौं, भाद्र ४ । नेपाल चेम्बर अफ कमर्सले भारत जाँदा गाडीको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेको छ । चेम्बरले बुधबार भारतीय राजदूत रन्जीत रेसँग चेम्बरमा गरेको अन्तरक्रियामा अध्यक्ष राजेशकाजी श्रेष्ठले गाडीको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था हटाउन पहल गर्न राजदूतसमक्ष आग्रह गरेका हुन् ।  


    नेपालीले भारत जाँदा भारतीय गाडीको हकमा दुई लाख र अन्य गाडीको हकमा ८ लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । यो व्यवस्थाले नेपालीले गाडी लिएर भारत भ्रमण गर्दा अप्ठ्यारो पारेको भन्दै हटाउन आग्रह गरेको हो ।  


    चेम्बरले दुईदेशबीच व्यापार अभिबृद्धि गराउन भारतका विभिन्न चेम्बर अफ कमर्ससँग छिट्टै सहमति गर्न लागेको पनि अध्यक्ष श्रेष्ठले जानकारी गराए ।  

    कार्यक्रममा भारतीय राजदूत रेले दुई देशबीच सीमामा देखिएको समस्या समाधानका लागि सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न श्रम कानुन लगानीमैत्री बनाउनुपर्नेमा जोड दिए ।  


    वैदेशिक लगानी भित्र्याउन सरकारले मात्रै नभइ निजी क्षेत्रले सकारात्मक भूमिका खेल्नुपर्ने बताए । उनले भारतसँगको उच्च व्यापार घाटा कम गर्न उत्पादन बढाइ भारतमा निकासी बृद्धि गर्न सुझाव दिए ।  नेपालले जलविद्युत उत्पादनमा ध्यान दिए त्यसले भारतसँगको व्यापार घाटा घटाउन र आर्थिक विकासमा थप योगदान पुर्‍याउने रेले बताए ।  


    यसैबीच, चेम्बरले मध्यपश्चिम क्षेत्रमा गएको बाढीबाट पीडितलाई त्यस क्षेत्रका सभासदमार्फत् राहत सामाग्री पनि प्रदान गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारत जाँदा गाडीको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था हटाउन चेम्बरको आग्रह Rating: 5 Reviewed By: PWM