Adz

Adz
  • Latest News

    Thursday, August 21, 2014

    भारतीय अभिनेता अनुपम खेर काठमाडौंमा

    काठमाडौं, भाद्र ५ । भारतीय अभिनेता अनुपम खेर बिहीबार (आज) काठमाडौं आएका छन् । खेरले आफू काठमाडौंमा आइपुगेको जानकारी आफ्नो ट्वीटरमार्फत् दिएका थिए ।  

    काठमाडौं आइपुगेपछि ट्वीट गर्दै उनले यहाँ आउन पाउँदा खुशी व्यक्त गरेका छन् । अभिनेता खेर आजै काठमाडौंको शान्तिनगरस्थित कोसेली फाउन्डेसनमा पुगेर त्यहाँका बालबालिकासँग भेट गरेका छन् । खेरले बालबालिकासँग उक्त भेटको फोटो समेत ट्वीटरमा पोस्ट गरेका छन् ।  



    खेर शुक्रबार आर्मी अफिसर्स क्लबमा हुने आफ्नै जीवनीमा आधारित नाटक ‘कुछ भी हो सकता हे’को मञ्चनका लागि काठमाडौं आएका हुन् । खेरले यही शीर्षकमा भारतीय टेलिभिजन ‘कलर्स’मा एक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेका छन् ।  


    बलिउडका निर्माता, निर्देशक समेत रहेका खेरको एकल प्रस्तुति रहने नाटक कोसेली फाउन्डेसनको सहयोगार्थ हुन लागेको बुझिएको छ ।  खेरको यो नाटक यसअघि भारतमा मञ्चन भइसकेको छ । खेर काठमाडौंमा रहँदा पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतीय अभिनेता अनुपम खेर काठमाडौंमा Rating: 5 Reviewed By: PWM
    Scroll to Top