काठमाडौं, भाद्र ५ । पछिल्ला दिन उच्च दरले ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन सामान्य सकारात्मक रह्यो । उतारचढावबीच बजार परिसूचक नेप्से अढाइ अंक बराबरले धनात्मक रहेर ९ सय ९८ पुग्यो । कारोबारको सुरुआती समय उच्च दरले झर्दै २५ अंकले घटिसकेको नेप्से अपरान्हमा सुधारिंदै आएको हो ।
वाणिज्य बैंक समूहमा दोहोरो अंकको सुधार भएसँगै नेप्से धनात्मक रहेको हो । यस समूहमा १८ अंकको सुधार भयो । वित्त र उत्पादनमूलक समूह पनि सामान्य अंकले हरियो रहे । अरु समूह भने रातो रहे । जलविद्युत समूहमा १ सय ४० अंक बराबरको उच्च गिरावट आयो भने बीमा समूह पनि १ सय ११ अंकको उल्लेख्य दरले ओरालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको १० लाख ७५ हजार बराबर कित्ता शेयर ६३ करोड ५० लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
0 comments:
Post a Comment