Adz

Adz
  • Latest News

    Friday, August 22, 2014

    थाइल्याण्डमा सेना प्रमुख प्रधानमन्त्री चुनिए

    काठमाडौं, भाद्र ५ । थाइल्याण्डका सेना प्रमुख प्रयुथ चान ओचा प्रधानमन्त्री चुनिएका छन् । ६० वर्षीय प्रयुथलाई सेना र प्रहरीमा काम गरेकाहरु सम्मिलित राष्ट्रियसभाले प्रधानमन्त्री चुनेको हो ।  




    १ सय ९७ सदस्यीय राष्ट्रियसभामा जनलर प्रयुथको पक्षमा १ सय ९१ मत परेको थियो । 


    मुलुकको २९औं प्रधानमन्त्री चुन्न केबल १५ मिनेट मात्रै बैठक बसेको थियो भने प्रयुथ एक मात्र प्रधानमन्त्रीका उम्मेदवार थिए । थाइ राष्ट्रियसभाको छनोटलाई राजा भूमिबोल अब्दुल्यादेजले अनुमोदन गर्नेछन् ।  



    गत मेमा गरिएको नाटकीय ‘कु’को समयमा प्रयुथ मुलुकको सेना प्रमुख थिए । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: थाइल्याण्डमा सेना प्रमुख प्रधानमन्त्री चुनिए Rating: 5 Reviewed By: PWM
    Scroll to Top