Adz

Adz
  • Latest News

    Thursday, August 21, 2014

    थोत्रा ट्याक्सी छिटो हटाउनुपर्छ : अर्थमन्त्री

    काठमाडौं, भाद्र ५ । अर्थमन्त्री डा. रामशरण महतले काठमाडौैंको यातायात क्षेत्रलाई व्यवस्थित गर्न पुराना गाडी हटाउनुपर्ने बताएका छन् । उनले सार्वजनिक यातायातका साधनको न्यूनतम मापदन्ड तोक्नुपर्ने भन्दै थोत्रा ट्याक्सी छिटो हटाउनुपर्ने पनि बताए ।

    उनले थोत्रा ट्याक्सी हटाउँदा युनियनको घेराबन्दीमा परिने अवस्थाम पनि सरकारले कडा निर्णय गर्नुपर्नेमा जोड दिए । 


    नेपाल अटोमोबाइल डिलर एसोसियसन (नाडा) को ३७औं वार्षिक साधारणसभाका अवसरमा मन्त्री महतले स्वदेशमै गाडी उत्पादन गर्न अटोमोबाइल व्यवसायीहरुलाई आग्रह पनि गरे । व्यवसायीहरुले स्वदेशमा नै गाडी उत्पादन सुरु गरे सरकारले संरक्षण दिने उनको भनाइ थियो ।

    व्यवसायीहरुले सवारी साधन विलासी नभइ आवश्यकता बनिसकेको बताउँदै कर घटाउन गरेको आग्रहमा मन्त्री महतले गाडी विलासी र आवश्यकता दुबै भएको बताए । 

     सार्वजनिक यातायातमा सरकारले धेरै कर नलगाएको भन्दै उनले विलासी गाडीमा मात्रै बढी कर लगाइएको प्रष्ट गरे ।  

    व्यवसायीहरुले भने सरकारले बजेटमा अटोमोबाइल क्षेत्रलाई नसमेटेको भन्दै दुःखेसो व्यक्त गरेका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: थोत्रा ट्याक्सी छिटो हटाउनुपर्छ : अर्थमन्त्री Rating: 5 Reviewed By: PWM