Adz

Adz
  • Latest News

    Tuesday, October 21, 2014

    प्रधानमन्त्री उद्धार कोषमा फ्रान्सेली आर्मीका नेपालीको सहयोग

    काठमाडौं, कार्तिक ४ । फ्रान्सेली आर्मीमा कार्यरत नेपालीहरुले प्रधानमन्त्री दैवी उद्धार कोषमा २ लाख ३५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

     फ्रान्सेली आर्मी अन्तर्गत “द फ्रेन्च फरेन लिजन” मा कार्यरत नेपालीहरुले संकलन गरेको सहयोग रकम सोही लिजनमा कार्यरत सैनिक भरत पुनले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे । 

    उद्धार कोषमा रकम जम्मा गर्दै फ्रेन्च फरेन लिजनमा कार्यरत भरत रानाले फ्रान्सेली आर्मीमा कार्यरत नेपालीहरुले दैवी प्रकोपबाट पिडित क्षेत्रका नेपालीहरुलाई आफूहरुले दुख गरेर कमाएको केही रकम संकलन गरेर बुझाएकोले वास्तविक पिडित समक्ष राहत पु¥याउन प्रधानमन्त्री कोइरालालाई आग्रह गरे । सो क्रममा प्रधानमन्त्री कोइरालाले पिडितसम्मै राहत पुग्नेमा विश्वास दिलाउँदै फ्रान्सेली आर्मीमा नेपालीहरुले पनि सेवा गरीरहेको जान्न पाउदा खुसी लागेको बताउँदै देश र सेवाको शिर उँचो पार्ने काम गर्न आग्रह गरे । 

    विगत ५ वर्षदेखी फ्रेन्च आर्मीमा कार्यरत भरत रानाका अनुसार झण्डै ३ सय भन्दा बढी नेपालीहरुले फ्रान्सेली आर्मीमा आबद्ध रहेर काम गरिरहेका छन् । 

    नेपालमा ब्रिटिस, भारतीय र सिंगापुर आर्मीको चर्चा भएपनि फ्रान्सेली आर्मीमा रहेका नेपालीहरु बारे कम चर्चा हुने गरेको छ । हालैका दिनमा फ्रान्सेली आर्मीमा रहेका नेपालीहरुले अनौपचारिक रुपमा संगठित भई नेपालको समाजसेवामा सक्रिय हुने तयारी गरेका छन् । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रधानमन्त्री उद्धार कोषमा फ्रान्सेली आर्मीका नेपालीको सहयोग Rating: 5 Reviewed By: Unknown
    Scroll to Top