ताप्लेजुङ, कार्तिक ३ । ताप्लेजुङ र पाँचथरका ग्रामीण तथा पर्यटकीय क्षेत्रमा चल्ने सवारी साधनहरुले मनपरी भाडा असुल्दा समेत सम्बन्धित निकायको ध्यान पुगेको छैन । जथाभावी भाडा तिर्न बाध्य भएपछि यात्रुहरु आक्रोशित भएका छन ।
ताप्लेजुङ सदरमुकामदेखि दोभान, सुकेटार, खाम्दीने, सिवालगायतका छोटो दुरीमा यात्रा गर्दा समेत न्यूनतम २ देखि ६ सय रुपैयाँसम्म भाडा असुलिन्छ । २५ किलोमिटरदेखि ८५ किलोमिटर दुरीमा यति धेरै भाडा नलाग्ने बताइन्छ । तर, भाडाका ट्याक्सी र पिकअप भ्यानहरुले चर्को शुल्क लिइरहेका छन् ।
त्यस्तै, प्रसिद्ध तीर्थस्थल पाथिभरा जाने पिकप भ्यानहरुले सवारी साधन पिच्छे फरक भाडा लिन्छन । पाथिभरा देवी मन्दिर संरक्षण तथा सम्बर्दन समितिले यस वर्ष पाथिभरा जाने तीर्थयात्रीका लागि छुटै टिकटको व्यवस्था गर्ने बताए कार्यान्वयनमा आएको छैन ।
]उता, पाँचथरको भारपा ८ सल्लेरीबाट सदरमुकाम फिदिमसम्मको करिब १५ किलोमिटर दुरीमा सवारी साधनले २ सय रुपैयाँसम्म भाडा असुल्दै आएका छन् । यातायात व्यवसायीले पनि काउन्टरबाट टिकट काटेका यात्रुबाहेक बीच बाटोबाट चढ्नेहरुसँग चर्को भाडा असुल्ने गरेको पाइन्छ ।
0 comments:
Post a Comment