पोखरा, ३१ असोज नेपाल प्रहरीको ३५ औं प्रहरी दिवस समारोह पोखरामा पनि विविध कार्यक्रमगरी मनाइएको छ। पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराले विविध कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाएको हो।
कार्याक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले शान्तिसुरक्षा र अमनचयन कायम गराउन नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले मुलुकको विकास, शान्ति र सुशासनमा प्रहरी सेवालाई अझै सक्रियता दिनुपर्नेमा जोड दिए।
सो समारोहमा अनुसन्धानलगायत विभिन्न विधामा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा प्रहरी निरीक्षक टेकुबहादुर लिम्बु, प्रहरी निरीक्षक प्रदीपबहादुर क्षेत्री, नारायणी क्षेत्री, प्रहरी नायव निरीक्षक ज्ञान पाडे, प्रहरी जवानहरू जीवनप्रसाद चौधरी, कर्णयश्रेष्ठ, नन्दबहादुर खड्का, सूर्यबहादुर थापा, अमरबहादुर शिवाकोटी छन्।
यसैगरी प्रहरी दिवसको अवसरमा आयोजित हाफम्याराथनका विजयीलाई पुरस्कृत गरिएको थियो। जसमा प्रथम अर्जुन रोका, द्वितीय गजेन्द्र जोशी, तृतीय कृष्ण परियार र चौथो हुने अनिल थापालाई पुरस्कृत गरिएको हो। यसैगरी जग्गादाता कुशल शेरचन, ताराप्रसाद श्रेष्ठ, सीता गुरुङलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा मानवअधिकारकर्मी टेकनाथ बराल, प्रहरी वरिष्ठ उपरीक्षक भोजराज ओझालगायतले शुभकामना मन्तव्य व्यक्त गरेक थिए।
कार्यक्रम निमित्त प्रहरी नायव महानिरीक्षक बलराम शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।
0 comments:
Post a Comment