Luitel
कलाकार बन्ने सपना बोकेर बिराटनगरबाट राजधानी होमिएका जीवन लुइँटेल आज सफल नायकको रुपमा परिचित छन् । आफ्ना बाबु धर्मेन्द्रको ‘डाइहार्ट फ्यान’ भएका कारण छोरालाई सनी देओल वा ववी देओल बनाउने सपना साँच्थे भने छोरा जीवन आपूmलाई सन्जय दत्त बनाउन खोज्थे । जे भएपनि बाबुछोराको सपनामा कलाकार बन्नु र बनाउनु नै थियो । यही सपनाबीचमा विभिन्न चलचित्रहरुमा टुक्रे रोल गर्दै तथा मिस्टर नेपालको उपाधी जित्दै अगाडि बढेका जीवन आजभोली सफल नायकको गन्तिमा छन । हालसम्म २५÷२६ वटा चलचित्रमा अभिनय गरेका जिवनले हाल चलचित्र ‘धून’ मा व्यस्त छन् । चलचित्र ‘धून’ पोखराआसपासका क्षेत्रमा छायाङकन भैरहेको छ । यही अवसरमा जीवन लुइँटेलसँग समाधान राष्ट्रिय दैनिकका संवाददाता सन्तोष सुवेदीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
कहिलेबाट सिनेमा क्षेत्रमा प्रवेश गर्नुभयो र पहिलो चलचित्र कुन हो ?
सन् २००० बाट चलचित्र क्षेत्रमा प्रवेश गरेको हो र पहिलो चलचित्र ‘सानो संसार ।’
सानैबाट सिनेमा क्षेत्रमा लाग्ने सोच थियो कि पछि ?
सानैबाट भन्नुपर्छ, बच्चैदेखि हिरो बन्छु भन्थे र मेरो घर विराटनगर, त्यहाँ पहिला हिन्दी सिनेमाहरूको प्रभाव धेरै थियो र म पहिला देखी सन्जय दत्तको सिनेमा खुव हेर्ने गर्दथे । दत्तको ‘रक्की, सडक लगायतका फिल्म हेर्दाहेर्दै हिरो बन्ने चाहना भयो ।
२००२ मा मिस्टर नेपाल पनि हुनुभयो । मिस्टर नेपाल भएपछि कि हुनुपूर्व फिल्म क्षेत्रमा लाग्नुभयो ?
त्योभन्दा अघिदेखि नै हो । एउटा सिनेमाको परिधि, धरातल क्रियट गर्ने काम गरेको थिएँ र मिस्टर नेपाल हुनुभन्दा अगाडिदेखि, स्कुल पढ्दा देखि नै जतिबेला अलिकति चेतना थियो, जब अलिकति विवेक पलायो जब दुईचार कुरा जान्न मन लाग्यो त्यसबेला देखि नै फिल्म क्षेत्रमा लागेँ भन्नुपर्छ ।
सिनेमा क्षेत्रमा प्रवेश गर्दा कत्तिको संघर्ष गर्नुप¥यो ?
यो फिल्डमा मात्र होइन जुनसुकै फिल्डमा जाँदानी आफ्नो कर्मप्राप्ति गरिसकेपछि यसो पछाडि फर्कंदा धेरै संघर्ष हुन्छन् । संघर्ष नगरी एकैचोटी सजिलै माथि पुगिँदैन । चाहे फिल्ममा होस्, चाहे लिट्रेचरमा होस वा पोल्टिक्समा होस् कोही पनि मान्छे सायद टुप्पोबाट पलाएको हुँदैन । उसले विभिन्न रुटहरू पार गरेको हुन्छ । र मेरो अनुभवमा १० वर्ष अगाडिबाट भयो अहिले सबैले नयाँ हिरो बन्नुहुन्छ, १० वर्षको दौडानमा फर्केर हेर्दा मेरो पनि आफ्नो स्ट्रगल भएका छन् । म कहिले हिरो बन्न मुम्बई गएँ होला, मोडलिङ गर्न कहिले कहाँ गए होल र काठमाडाँैमा पनि त्यति सजिलै जाने चिन्ने बित्तिकै टिका लगाएर हिरो बनाइदिन्छु भन्दैनन् र त्यसभित्र पनि आफ्नो क्राइटेरियाहरू छन् । एउटा पूर्ण कलाकार बन्नको लागि के के गर्नुपर्छ यी सब टेूनिङहरू पार गर्दै जाँदा मान्छेहरू सँग भेट्दै जाँदा, अनुभव बढ्दै जाँदा एउटा बाटो बन्दछ र लाग्छ आजकल त्यही बाटोमा छु र यसैलाई नै विग सक्सेस भनिँदैन र अहिले त्यही वेयमा म हिँडिरहेको छु जस्तो लाग्छ ।
फिल्ममा प्रवेश गर्नुपूर्व फिल्मसम्बन्धी कोर्षहरू केके गर्नुभयो ?
एउटा राम्रो कलाकार बन्न नेपालको परिप्रेक्षमा एक्टर अथवा हिरो बन्न गाह्रो छ । वास्तवमा हिरो गुड लुकिङ हुनै पर्छ । गुड लुकिङ मान्छे आमसञ्चारमा फरक देख्छ जो अलिकति फरक छ र फिल्म भनेको इन्टरनेन्टमेन्ट सँग ग्लामर सँग जोडिएको कुरा हो । मान्छेको वडी, चमक हेरिन्छ, मान्छेको इनर क्वालीटी हेरिन्छ, मान्छेको कत्तिको विदोता छ कति क्षमता छ, कत्तिको उसले अभिनय गर्न सक्छ यी कुरा छदै छन् । यी कुरा बाहे विसाइड हिरो सिनेमामा आउँदा खेरी उ नृत्मा, एक्सन, अभिनयमा उत्तिकै पारङ्गत हुनुपर्छ । सरसर्ती हेर्दा गुड लुकिङ, स्मार्ट, फिटनेस, डान्स, फिगर लगायत हिरो हुन चाहिन्छ । अब एक्टर बन्नको लागि राम्रो अभिनय हुनुपर्दछ त्यसका लागि सिक्सप्याक वडी नभएपनि हुन्छ ।
सुरुको दिनमा भिडियो चलचित्र खेल्नुभयो, पछिल्लो समयमा कुन चलचित्रले जीवन लुइँटेल भनेर चिनायो ?
मलाई चिनाएको ‘सानो संसारले नै हो । सानो संसारले अहिलेको ठूलो संसारमा ल्याइदिएको छ । र त्यो भन्दा अगाडि भिडियो फिल्म ‘तिर्खा’ खेलियो र पहिलो फिल्मबाट धेरै कुराहरू सिक्ने अवसर पाए । त्यसपछ ‘घातक’ खेले त्यो सेलोलाइट मूभि हो तर रोल सानो थियो । सानो संसार मा आइपुगेपछि डिजिटल प्रविधि, डिजिटिल युगको सिनेमा हो । जसमा नयाँनयाँ कलाकारसँग काम गर्न पाइयो । सबैसँग काम गर्दा नौलो अनुभव भयो । सानो संसारले मलाई एक्टर हुन सिकायो ।
सानो संसारबाट हालसम्म आइपुग्दा फिल्मको अवस्था कस्तो पाउनुभयो ?
सानो संसारबाट अहिलेसमम भन्दा पनि नेपाली सिनेमाको सानो संसार भन्दा अगाडि जुन धारका सिनेमा बनेका थिए त्यो एउटै प्याटन प्रयोग हुन्थे, एउटै एक्सन रिवाइज हुन्थ्यो । जब सानो संसार मूभि बन्यो यसको मेकिङवाइज लगायत सबै हिसाबले उत्कृष्ट छ । सानो संसार टोटल्ली योङ जेनेरेसन फिल्म भनिन्छ । अहिले कताकता फरक भैरहेको छ र सानो संसार टेक्निकल साउन्ड मूभि थियो ।
सिनेमाको धार परिवर्तन भएको हो ?
एउटा धार परिवर्त भयो भनेर सिनेमाको नर्थपोल, साउथपोल, इस्टपोल, ओएस्टपोल भन्ने कुरा हुँदैन । सिनेमा भित्रको कुराहरू हुन्छन् । सिनेमामा हरेक धार भएपनि माया प्रेमका कुरा, गीतसङ्गीतका कुराहरूदेखि लिएर सिनेमाको धारकै परिवर्तनभन्दा पनि कस्ले कस्तो सिनेमा बनाउँछ भन्ने छ । कसैले कर्मसियल सिनेमा बनाउनुहुन्छ, कसैले आर्टटाइपको, डकुमेन्ट्री टाइप, रियल मूभि बनाउनुहुन्छ । आखिर सिनेमा भनेको मलाई लाग्छ कम्पिट्ली इन्टरटेन्टमेन्ट, जहाँ विभिन्न मसलाहरू हुनसक्छ । सबै कल्पना गरेका चिजहरू हुन्छन् । कतिले आर्ट मूभि बनाउनुहुन्छ र उहाँहरूले रियल स्टोरी फलो गर्नुहुन्छ । यहाँ धार परिवर्तन भन्दा पनि जो मेकर, जसले दुई किसिमको सिनेमा बनाउनु हुन्छ उहाँहरू एक अर्कालाई ब्लेम गर्नुहुन्छ । धारका कुरामा डिवेट हुनसक्छ । कतिले सिनेमा भनेको मनोरञ्जको पाटो हो त्यसैले दर्शक कस्तो फिल्म चाहान्छन् त्यही अनुसार मूभि फरक हुन सक्छ । नेपालको मात्र कुरा हेन बलिउड, हलिउड कुरा गर्दा त्यहाँ पनि फरक फरक सिनेमाहरू बनिरहेका हुन्छन् । सिनेमाको धारै फरक होइन एउटा सिनेमाको पोखरी भित्र विभिन्न माछा टाइपका सिनेमाहरू हुन्छन् ।
तपाईं धेरै लवर ब्वाईको भूमिकामा खेल्नुहुन्छ, नयाँ रोल गरौँ जस्तो लाग्दैन ?
मैले आफूले भर्सलाइट रूपमा आफूलाई प्रस्तुत गर्न खोजे भने नेपालको फिल्म कन्टेस्टमा म आफै हराउने हो कि भन्ने हुन्छ । म आफू यत्तिको कलाकार भैसकेपछि मलाई फरक कसरी गर्ने मलाई त्यति ज्ञान नहोला र ? तर दर्शकले मलाई यही रूपमा हेर्न चाहानुहुन्छ । उहाँहरूलाई जीवन लुइँटेलको यही पना ठिक लाग्छ । फिल्म मेकरले जीवन लुइँटेललाई यही रोल सुहाउँछ भनेर भनीराख्नु भाछ । २५÷२६ वटा सिनेमा खेली सके । नेपालको कन्टेस्टमा कुरा गर्दा सिक्नेचर हुनु नै ठूलो कुरा हो अहिले जीवन लुइँटेल दारी मात्र पाल्छ, लवर व्वाई मा आउँछ भन्ने होइन । भाली गएर परिमार्जन पनि हुनसक्छ । त्यो चाहिँ नयाँ निर्देशको नयाँ प्रस्तुतिमा भर पर्छ ।
लवर व्वाई नायक नेपाली फिल्म क्षेत्रमा धेरै छन, आफूलाई कहाँ राख्नुहुन्छ र तपार्इंको प्रतिस्पर्धी को जस्तो लाग्छ ?
मलाई कुन टाइपमा राख्ने भन्ने हुँदैन । सबै छन, सबैले आआफ्नो ठाउँमा काम गर्नुभाछ । मैले आफ्नो ठाउँमा आफ्नो भूमिका निभाएको छु । मलाई रेसमा दौडने भन्ने थाहा छैन र म आफ्नो वेसमा छु । मेरो प्रतिस्पर्धी कोही छैन । म लास्टबाट चिहाइराखेको हुन्छु अरू सबै अगाडि दौडनुभाछ । एम द लास्ट रनर अफ द रेस ।
नेपाली चलचित्र कपी, पेस्ट हुन्छन भन्ने आरोप छ । आफु खेलेको फिल्म कतिपय कपि भएजस्तो लाग्दैन ?
त्यति साह्रो कपी पेस्ट पनी हुँदैन र चाहे नेपालको फिल्म होस, चाहे इन्डियाको सिनेमा होस, नयाँ टेून्ड प्रयोग कुराहरु मान्छेका भावनाहरुमा सेयर गर्दा केही मिल्न सक्छ । नेपाली चलचित्र कपि भन्दा डाइरेक्ट्ली हिन्दी फिल्ममा तुलना गरेर भन्छौ र जुन वेससँग जोडिएको छ । कुनै देशबाट प्रभावित हुनुस्वभाविक हो कति फिल्म मेकरहरुले बाहिरको सिनेमा हेरेर बनाउनुहुन्छ होला मलाई जहाँ सम्म कपि पेस्ट गरेर १००% उल्था गरेर बनाउनुहँुदैन । कसैले स्कुलिङको क्रममा केही सिकेर भित्राउन खोज्छ भने त्यो पनी ठीकै होला ।
अन्त्यमा के भन्नुहुन्छ ?
अहिले पोखरामा ‘धून’ को सुटिङमा आइएको छ । एकदमै राम्रो छ, धुन बजाउने क्रम जारी छ । धुन भित्र धुन बजाउने कृष्ण नै मै हो भन्दा सायद फरक नपर्ला र हरेक सिनेमामा काम गर्दा त्यो सिनेमाबाट कलाकार उत्तिकै एक्सपेक्ट राखेको हुन्छ । धुन प्रति पनि त्यही श्रेणीमा पर्छ र जसले नेपाली सिनेमा यदाकदा हेर्नुहुन्छ । फिल्म हेरेर कुन राम्रो नराम्रो भनेर मूल्याङ्कन गर्दिनुहुन्छ । नराम्रोलाई राम्रो कसरी बनाउने र राम्रोलाई कसरी परिमार्जित गराउने त्यो अवसर प्राप्त हुन्छ, हामीलाई । हामीलाइ दर्शक साथ, सर्पोट र मूल्याङ्कन सधै अपरिहार्य छ ।
0 comments:
Post a Comment