अमरिकी राष्ट्रपति बाराक ओबामाले इबोला नियन्त्रणका लागि तीव्र रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । ह्वाइट हाउसमा उच्च अधिकारीहरुसँग छलफल गर्दै उनले देशमा नयाँ परिस्थिति देखिने बित्तिकै संघीय स्वास्थ्य टीमले २४ घन्टाभित्रै समाधानका लागि कदम उठाउनुपर्नेमा जोड दिए ।
साथै उनले अफ्रिकी देशमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि मद्दत गर्न पनि सबैको ध्यानाकर्षण गराए ।
यसैबीच, अमरिकी स्वास्थ्य अधिकारीहरुले टेक्सासकी नर्सको साथमा विमानमा यात्रा गर्ने सबै १ सय ३२ यात्रीको परीक्षण गर्न चाहेको बताएका छन् ।
टेक्सासकी नर्स इबोलाबाट संक्रमित अमेरिकाकी दोस्रो नर्स हुन् । गत सातामात्र अमरिकाकै डालासमा लाइबेरियाका एक व्यक्ति थोमस डंकनको इबोलाकै कारण मृत्यु भएको थियो । इबोलाकै कारण पश्चिम अफ्रिकामा चार हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
0 comments:
Post a Comment