काठमाडौं, कार्तिक २ । प्रधानमन्त्री सुशील कोइराले एकीकृत माओवादीलाई आन्दोलन गर्ने धाकधम्की दिन छोडेर सहमतिकै आधारमा निर्धारित मितिमै संविधान जारी गर्ने बाटोमा आउन आग्रह गरेका छन् ।
शहीद सरोज कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा शहीद सरोज कोइराला मेमोरियल ट्रष्टले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले संविधान जारी गरी देशमा शान्ति स्थापना गर्नुपर्ने बेलामा आन्दोलन गर्नु कसैको पनि हितमा नभएको बताए ।
भारत, चीन, अमेरिका, यूरोपियन यूनियनले नेपालमा समयमै संविधान जारी गर्न चिन्ता गरिरहेको बेला एकीकृत माओवादी लगायतका दलहरुले जबरजस्ती सहमति गर्नुपर्ने र सहमति नगरे आन्दोलन गर्छु भन्नु देशमा अशान्ति र द्वन्द्व मचाउने काम मात्र भएको प्रधानमन्त्री कोइरालाका भनाइ थियो ।
उनले विगतमा शान्ति सम्झौता, हतियार व्यवस्थापन लगायतका कामहरु पनि जटिलताकै बीच सहमतिका आधारमा सम्पन्न भएकाले नयाँ संविधान पनि सहमतिकै आधारमा जारी हुने विश्वास गरे ।
0 comments:
Post a Comment