Adz

Adz
  • Latest News

      Sunday, October 19, 2014

      कास्की फाइनान्सको १८.७३ प्रतिशत बोनस शेयर पारित


      २ कात्तिक काठमाडौं ।  कास्की फाइनान्सको आठौं वाषिर्क साधारणसभाले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट शेयरधनीलाई १८.७३ प्रतिशत बोनस सेयर  दिने प्रस्ताव पारित गरेको छ ।  

      २०६४ साल साउन १४ गतेदेखि वित्तीय कारोबार शुरु गरेको यस वित्तीय संस्थाको बोनस सेयर वितरणपश्चात चुक्ता पुँजी २८ करोड ३५ लाख ८० हजार ४ सय रुपैयाँ पुगेको छ ।  

      वित्तीय संस्थामा निक्षेप संकलन र कर्जा लगानी गर्ने नियमित कार्यको अतिरिक्त एबीबीएस सेवा, विविध रेमिट्यान्स सेवा, सन्ध्याकालीन सेवा, ३६५ दिन बैंकिङ्ग सेवा, एटीएम सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।  

      दशवटा शाखा कार्यालय रहेको यस संस्थाले हालसम्म २ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी भएको अधिकारीले बताए ।
      • Blogger Comments
      • Facebook Comments

      0 comments:

      Post a Comment

      Item Reviewed: कास्की फाइनान्सको १८.७३ प्रतिशत बोनस शेयर पारित Rating: 5 Reviewed By: Unknown