Adz

Adz
  • Latest News

    Monday, October 20, 2014

    पर्यटन बोर्डमा भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गरिने

    काठमाडौं, कार्तिक ३ । व्यवस्थापिका संसदको लेखा समितिले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार र अनियमितामा संलग्नहरुलाई कारबाही गर्ने भएको छ । 

    समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।  बैठकमा धेरैजसो सदस्यहरुले बोर्डमा अनियमितता भएकाले दोषीलाई उन्मुक्ति दिन नहुने धारणा राखेका थिए ।  



    समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका पूर्वमन्त्री, बहालवाला मन्त्री र टानका पदाधिकारीहरुलाई बोलाएर छलफल गरेको थियो ।  समितिका सभापति जनार्दन शर्माले थप छानबिन गरेर नयाँ कुरा फेला पार्न आवश्यक नभएको भन्दै कारबाहीको निर्णय सुनाए ।  


    उनले माइनुटको भाषा लेख्नको लागि ५ जना सभासद रहेको समिति गठन गरिएको जानकारी गराए । समितिको अर्को बैठक यही कार्तिक ५ गते बस्ने छ । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पर्यटन बोर्डमा भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गरिने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top