काठमाडौं, कार्तिक ३ । दक्षिण कोरियाको इन्छनमा सम्पन्न १७औ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का क्रममा भाग्ने चार नेपाली खेलाडीलाई १० वर्षसम्म खेलकुदका सबै क्रियाकलापमा प्रतिबन्ध लाग्ने भएको छ । १७औं एसियाली खेलकुद प्रतियोगिता कार्य सम्पादन समितिको बैठकले भाग्ने खेलाडीहरुले राष्ट्रको बेइज्जत गरेको निष्कर्ष निकाल्दै १० वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यो निर्णयले यत्ति नै वर्ष प्रतिबन्ध लगाउने नभनी १० वर्षसम्म भनी निर्णय गरिँदा त्यसभन्दा कम पनि हुन सक्ने जनाइएको छ ।
त्यसैगरी, बैठकले भागेका खेलाडीहरुका प्रशिक्षक र व्यवस्थापकहरुलाई निलम्बन गरी एक वर्षसम्म वैदेशिक खेलकुद गतिविधिमा कार्य गर्न नदिने र विभागीय कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषदलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
खेलाडी भागेका संघहरुको हकमा भने स्पष्टिकरण माग्ने निर्णय गरिएको कार्यसम्पादन समिति सचिव चुडामणि पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्छन एसियाडमा उसुका दुई तथा एथलेटिक्स र सेबाकताक्रोका एक–एक खेलाडी भागेका थिए ।
0 comments:
Post a Comment