काठमाडौं । बलिउड नायिका जरिन खान र एजाज खानले नेपाली र्याम्पमा क्याटवाक गरेका छन् । नेपाल भ्रमणमा आएकी जरिन र एजाजले होटल सोल्टीमा आयोजित कार्यक्रममा क्याटवाक गरेका हुन् । शो को अन्तिम सिक्वेल ‘ब्राइडल एण्ड अकेजन वेयर’ उनिहरुले मोडलिङ गरेका थिए ।
जरिन र एजाजसँगै फेशन डिजाइनर विशाल कपुर पनि र्याम्पमा उत्रेका थिए । नेपाली शैलिमा रातो टिका लगाएकी जरिनले रेड कलर मिक्स लेहंगा लगाएकी थिइन् । र्याम्पमा प्रस्तुत हुँदा बेहुली शैलिमा प्रस्तुत भएकी जरिनले नेपाली दर्शकलाई मन्त्रमुग्ध पारिन् ।
पनाचे ग्यालेक्सी अफ स्टार्सको आयोजनामा नेपाल आएकी जरीनले नेपाल सुन्दर देश भएको भन्दै आफु विभिन्न ठाउँ घुम्नका लागि इच्छुक भएको प्रतिक्रिया दिएकी थिइन् । सलमान खान अभिनित हिन्दी फिल्म बीरमा काम गरेकी जरिन् पहिलो पटक नेपाल आएकी हुन् ।
उनले काठमाडौका विभिन्न ठाउँ घुमेकी छिन् । मौका मिलेमा फेरि नेपाल आउने प्रतिक्रिया दिएकी जरिनले नेपाली प्रसंसकहरुवाट पनि आफु प्रभावित भएको प्रतिक्रिया दिइन् ‘नेपालमा भारतीय कलाकारलाई माया गर्ने दर्शक धेरै हुनुहँदो रहेछ म खुसी छु ।’
उनले भनिन् । सोल्टी होटलको भब्य हलमा भएको क्याटवाकमा नेपाली कलाकार विजय लामा, निशा अधिकारी, रेश मरहट्ठा, निलम चन्द, मिस नेपाल इशानी श्रेष्ठ पनि सहभागी थिए । नन्दिता केसीले विशेष नृत्य प्रस्तुत गरेकी थिइन् ।
0 comments:
Post a Comment