काठमाडौं, कार्तिक ३ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत् गएरातिका खेलहरुमा लिभरपुल र स्टोक सिटी विजयी भएका छन् । क्विन्स पार्क रेन्जर्सका दुई खेलाडीले आत्मघाती गोल गरेसँगै लिभरपुल ३–२ ले विजयी भएको हो । खेलमा लिभरपुलका लागि फिलिप कौटिन्होले एक गोल गरेका थिए ।
क्विन्स पार्क रेन्जर्सका एडुआर्डो भर्गासले दुई गोल गरे । तर, रिचार्ड डुन र स्टेभेन क्योल्कारले एक–एकओटा आत्माघाती गोल गरेपछि पाहुना टोली लिभरपुल ३–२ ले विजयी भयो । गएराति भएको दोस्रो खेलमा स्टोक सिटीले स्वान्सी सिटीलाई २–१ ले हराएको छ ।
खेलमा स्टोकलाई विजयी गराउन चार्ली एडम र जोनाथन वाल्टरले एक–एक गोल गरे । पराजित टोली स्वान्सीका लागि विल्फ्रेड बोनीले एक गोल गरेका थिए ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत् गएरातिका खेलहरुपछि लिग तालिकामा चेल्सीको अग्रता कायमै छ । आठ खेलबाट चेल्सीले २२ अंक बटुलेको छ भने समान खेलबाट १७ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।
0 comments:
Post a Comment