Adz

Adz
  • Latest News

    Tuesday, October 21, 2014

    कालिञ्चोक भगवतीको दर्शन गर्न जाँदा

    यस्तो देखियो दोलखाको सुन्दरता 



    २ कात्तिक । कालिञ्चोक भगवती दोलखा जिल्लाको रमणीय एवं धार्मिक हिसाबले महत्वपूर्ण स्थानका रुपमा परिचित छ ।
     काठमाडौंदेखि कालिञ्चोकको धार्मिक पर्यटकीय यात्रा छोटो एवं रमणीय छ । काठमाडौबाट चरीकोटसम्म अरनिको यातायातमा बस चढेर जान सकिन्छ । चरीकोटमा केहीबेर चियापान र आराम गरी पैदल बाटो लाग्नुपर्छ ।

    चरीकोटबाट करीब एक घण्टाको हिँडाइपछि देउराली भञ्ज्याङ पुगिन्छ । देउरालीमा ३/४ वटा पसल मात्रै छन् । त्यहाँबाट माथि उक्लिएपछि कुरी नपुगेसम्म बाटोमा पसल भेटिँदैनन् । त्यहाँबाट घना जङ्गलको बाटो हिँड्नु पर्छ । करीब ५ घण्टाको उकालो चढेपछि बल्ल कुरी पुगिन्छ ।

    कुरी बास बस्ने ठाउँ हो । यहाँ धेरैवटा होटलहरु खुलिसकेका छन् । मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ । तर, बाटो निकै जोखिमपूर्ण छ । ढुंगा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि ३ घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ ।






    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कालिञ्चोक भगवतीको दर्शन गर्न जाँदा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top