काठमाडौं, कार्तिक ३ । भारतका दुइ राज्य महाराष्ट्र र हरियाणामा गत अक्टोबर १५ मा भएको बिधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीको पल्लाभारी देखिएको छ ।
मत गणनाको परिणाम अनुसार हरियाणामा भारतीय जनता पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । हरियाणाको कुल ९० सीट मध्ये भाजपाले ४७ सीट हात पारेको भने यसअघि सत्तामा रहेको कांग्रेस आइ १५ सीटमा झरेको छ ।
उता, भारतको वित्तिय नगरी मुम्बइ समेत रहेको महाराष्ट्रमा पनि भाजपा नै अग्रस्थानमा आएको छ । महाराष्ट्र विधान सभाको २८८ सीट मध्ये भाजपाले १२३ सीटमा जीत हासिल गरेको छ । शिव सेनाले ६३, कांग्रेस आइले ४२, नेशनल कांग्रेसले ४१ सीट जितेका छन् ।
0 comments:
Post a Comment