Adz

Adz
  • Latest News

      Tuesday, October 21, 2014

      म्यान्चेस्टर युनाईटेडलाई वेष्ट ब्रोमले बराबरीमा रोक्यो

      काठमाडौं, कार्तिक ४ । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई वेष्ट ब्रोमविच आल्बियनले बराबरीमा रोकेको छ । वेष्ट ब्रोमको मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलमा वेष्ट ब्रोमका लागि सेसेयोङ र बेराहिनोले एक एक गोल गरेका थिए ।


      म्यान्चेस्टर युनाईटेडका लागि फेलीयानीले एक गोल गरेका थिएभने डेली ब्लाईन्डले अन्तिम समयमा एक गोल गर्दै टोलीलाई हारबाट जोगाएका हुन् । 

      यो बराबरीसँगै प्रशिक्षक लुईस भान गालको टोली म्यन्चेस्टर युनाईटेड १२ अंकको साथ तालिकाको छैटौं स्थानमा रहेको छ । शिर्ष स्थानको चेल्सीको २२ अंक छ भने १७ अंकका साथ म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । 
      • Blogger Comments
      • Facebook Comments

      0 comments:

      Post a Comment

      Item Reviewed: म्यान्चेस्टर युनाईटेडलाई वेष्ट ब्रोमले बराबरीमा रोक्यो Rating: 5 Reviewed By: Unknown