काठमाडौं, कार्तिक ३ । हङकङमा जारी प्रजातान्त्रिक आन्दोलनमा बाहिरी शक्ति संलग्न रहेको आरोप त्यहाँको सरकारले लगाएको छ । हङकङका प्रशासक सी वाई लेउंगले तीन हप्तादेखि जारी विद्यार्थी आन्दोलनमा बाहिरी व्यक्तिको घूषपैठ भएको आरोप लगाएका हुन् ।
आन्दोलनका कारण जनजीवन ठप्प हुनुका साथै अवस्था नियन्त्रणबाहिर जान थालेको उनले प्रतिक्रिया दिएका छन् । प्रदर्शनकारीहरु सन् २०१७ को निर्वाचन पूर्ण प्रजातान्त्रिक ढंगले गर्नुपर्ने पक्षमा रहेका छन् भने चीन आफूले तोकेको उम्मेदवारका बीचमा मात्र निर्वाचन गर्नुपर्ने पक्षमा छ ।
प्रदर्शनकारी र हङकङ प्रशासनबीच मंगलबार वार्ता हुने र त्यसलाई प्रत्यक्ष प्रशारण गरिने भएको छ ।
0 comments:
Post a Comment